६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल श्रीलङ्कासँग भिड्दै



अ+ अ-

काठमाडौं । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ ।

श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।

नेपाल एएफसी यु–१६ च्याम्पियनको छनोटबाट बाहिरिएको छ । श्रीलङ्का पनि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।