१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न

अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न
अ अ+ अ-

अमेरिका: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नेपाली भाषा, साहित्य समितिको आयोजनामा २१३औँ भानु जयन्ती तथा १०३औँ धर्मराज थापा जयन्ती जुममार्फत भव्य रूपमा सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा प्रमुख अतिथि तथा कवि मदनराज थापा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ज्ञानु राणा र मदनराज थापा स्वर्गीय जनकविकेशरी धर्मराज थापाका सुपुत्री र सुपुत्र हुन्।

कार्यक्रमको प्रारम्भमा समितिका उपाध्यक्ष एवं कवि कृष्ण गिरीले स्वागत मन्तव्यसँगै प्रमुख अतिथि ज्ञानु राणाको परिचय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा अमेरिका र नेपालका विभिन्न स्थानबाट सहभागी साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्य र जनकविकेशरी धर्मराज थापाको नेपाली भाषा, साहित्य, लोकसंस्कृति तथा गीत–सङ्गीतमा पुर्‍याएको योगदानको स्मरण गर्दै कविता, गीत तथा अन्य साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि ज्ञानु राणाले आफ्नो सांगीतिक यात्राका अनुभव सुनाउँदै भानुभक्तका सिर्जनामा आधारित गीतसहित आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुभएको थियो। कवि मदनराज थापाले भानुभक्त र आफ्ना पिता धर्मराज थापाको योगदानबारे चर्चा गर्दै धर्मराज–सावित्री थापा प्रतिष्ठानले नेपाली भाषा, साहित्य र लोकसंस्कृतिको संरक्षणमा गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो।

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, प्राध्यापक रन्जुश्री पराजुली, तीर्थराज अधिकारी, विष्णा बिरही, डा. शम्भु कँडेल, जीवन निरौला, डमरु पौडेल, गायत्री तिमिल्सिना, पिपलमणि सिग्देल, डा. अमरबहादुर कार्की, डा. निरज श्रेष्ठ, डा. पवित्रा अर्याल, रामचन्द्र अधिकारी, डा. प्रशान्त घिमिरे, डा. छत्रपति दाहाल, सीता अर्याल, डा. रमेश पोख्रेल, डा. शरद पराशर मरहट्टालगायतका साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए।

साहित्यकार प्रभा पोख्रेलले कार्यक्रम सञ्चालन गर्दै भानुभक्त र धर्मराज थापाका सिर्जनाहरू सुमधुर स्वरमा प्रस्तुत गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा सभापति राजेन्द्रप्रसाद अर्यालले भानुभक्त र धर्मराज थापाले नेपाली भाषा, साहित्य, गीत–सङ्गीत र संस्कृतिको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै धर्मराज–सावित्री थापा प्रतिष्ठानजस्ता संस्थालाई सरकारले आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सभापति अर्यालले सहभागी सम्पूर्ण साहित्यकार, अतिथि तथा दर्शकप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।