१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता

झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
अ अ+ अ-

काठमाडौं । झापा जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध कारोबार तथा प्रयोगविरुद्ध प्रहरीले निगरानी र खोजी गर्दै दोषीमाथि कारबाही प्रक्रिया चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले एक वर्षको अवधिमा लागुऔषध नियन्त्रणतर्फ कूल ३९३ वटा मुद्दा दर्ता भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार लागुऔषधसम्बन्धी मुद्दामा सङ्लग्न कूल ६०४ जना पक्राउ परेका छन्, तीमध्ये ५६३ पुरुष र ४१ जना महिला रहेका छन् । पक्राउ परेकामध्ये ३८७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने छ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यसैगरी पाँच जना प्रतिवादी अझै फरार रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा तीन किलो ९४१ ग्राम ७९५ मिलिग्राम ब्राउन सुगर, १० किलो १९६ ग्राम २७० मिलिग्राम गाँजा, दुई लाख नौ हजार ६२४ पिस मनोद्विप ट्याब्लेट र एक हजार ८७० थान मनोद्विप एम्पुल बरामद गरेको छ ।