१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी

टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
अ अ+ अ-

काठमाडाैँ । काठमाडौँको टोखा र गोरखाको पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । टोखा र पालुङटार नगरपालिकाबीच आपसी मैत्री, सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले हस्ताक्षर गर्नुभयो । सम्झौतामा दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक विकास तथा सामाजिक विकासलगायतका क्षेत्रमा आपसी सहकार्य, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढाउने भएका छन् ।

यस्तै, दुवै नगरपालिकाबीच जनप्रतिनिधि तथा कर्मचारीको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदानप्रदान, योजना तथा नीतिसम्बन्धी जानकारीको साझेदारी, पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ । सम्झौतासँगै पालुङटार वडा नं ५ स्थित चारकुने बगैँचामा टोखा–पालुङटार खुला व्यायामशाला सहितको मैत्रीपूर्ण पार्क निर्माण हुने भएको छ । यस्तै, पालुुङटारको रैथाने उत्पादनलाई टोखामा बजारीकरण गरिने भएको छ ।

उक्त सम्बन्धले ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको टोखा र ऐतिहासिक उगमस्थल लिगलिगकोट रहेको पालुङटार नगरपालिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै स्थानीय विकास, सुशासन, पर्यटन प्रवद्र्धन तथा जनस्तरको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पालुङटार नगरपालिकाकका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले बताउनुभयो । कार्यक्रममा दुवै नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।