९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक भएको छ।

नेपाल आइडल सिजन–२बाट चर्चामा आएका गिरीले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको उक्त गीत सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

प्रेम, भावना र सम्बन्धका विविध आयामलाई समेटिएको ‘मन भारी’ले भावुक प्रेमकथालाई संगीतमार्फत प्रस्तुत गरेको छ। गीतमा संवेदनशील शब्द, मधुर संगीत र भावनात्मक प्रस्तुति समेटिएको छ।

गीतको म्युजिक भिडियोमा कबिता न्यौपाने र सुनिल थापाको अभिनय रहेको छ, जसले गीतको भावलाई जीवन्त बनाएको छ।

भावनात्मक शब्द, सुमधुर संगीत र कलाकारहरूको प्रभावशाली अभिनयका कारण ‘मन भारी’ दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।