२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर कप खोखो प्रतियोगिताः शान्ति निकुञ्ज र कन्या मन्दिर विजयी



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाद्वारा आयोजित प्रथम उपमेयर कप खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर मावि विजयी भएका छन् ।

काठमाडौँ महानगरपालिकाले नेपाल खोखो सङ्घसँगको सहकार्यमा असार ११ देखि कीर्तिपुर कभर्डहलमा आयोजना गरेको महानगरस्तरीय सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज मावि र छात्रातर्फ कन्या मन्दिर माविले प्रथम स्थान हासिल गरेका हुन् ।

यस्तै, छात्रतर्फ विश्व निकेतन मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो भए भने छात्रातर्फ पद्मकन्या मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो भयो । उक्त प्रतियोगिता सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नगद, शिल्ड तथा प्रमाण पत्र प्रदान गर्नुभयो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा वेष्ट रनर विधाको छात्रतर्फ विश्व निकेतन माविका सूर्य लामिछाने र छात्रातर्फ पद्मकन्या माविकी प्रमिला हस्दा विजेता बन्नुभयो । वेष्ट चेजर विधाको छात्रतर्फ शान्ति निकुञ्ज माविका समीर रौनियार र छात्रातर्फ कन्या मन्दिर माविकी रोजिना तामाङ विजेता बन्नुभयो ।

उहाँहरूलाई जनही रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा छात्रातर्फ १० र छात्रतर्फ आठ गरी १८ टोलीका २१६ खेलाडी प्रतिस्पर्धामा थिए । रासस




भर्खरै