१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी प्रिमियर लिग क्रिकेट हुने



अ+ अ-

डोटी । दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक संस्था नयाँ समाज नेपाले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । लिगको कूल पुरस्कार राशि रु दुई लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता विगतकै निरन्तरता रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका टोली सहभागी हुनसक्ने जानकारी दिनुभयो । प्रतियोगितामा १२ टोली सहभागी हुनसक्ने अपेक्षा गरिएको छ । प्रतियोगिता दिपायलको राजपुरस्थित खप्तड मैदानमा हुने भएको छ । शुरुआती खेलहरु लिगमा हुने र क्वार्टर फाइनपछि नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ ।