१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटसल टोली इरानमा, पहिले खेल ताजकिस्तानसँग



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल खेल्न नेपाली फुटबल टोली इरान पुगेको हो ।

पूर्वराष्ट्रिय फुटसल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान ९:३० बजे कतार एयरवेजबाट उडेके नेपाली टोली देहा हुँदै इरानको इमाम खोमेइनी एयरपोर्ट मध्यरात १२:४५ मा अवतरणपछि ११ घण्टा सडकमार्ग हुँदै सोमबार दिउँसो १:३० बजे इरानको उर्मिया पुगेको हो।

प्रतियोगिताको दुई दिनअघि नै इरान आइपुगेको नेपाली टोलीले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ। एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिनअघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए। लामो समय नेपाली फुटसलको अनुभव बटुलेका र युवा खेलाडीसमेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाइ छ। समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सरुवात गर्ने छ।