२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटसल टोली इरानमा, पहिले खेल ताजकिस्तानसँग



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल खेल्न नेपाली फुटबल टोली इरान पुगेको हो ।

पूर्वराष्ट्रिय फुटसल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान ९:३० बजे कतार एयरवेजबाट उडेके नेपाली टोली देहा हुँदै इरानको इमाम खोमेइनी एयरपोर्ट मध्यरात १२:४५ मा अवतरणपछि ११ घण्टा सडकमार्ग हुँदै सोमबार दिउँसो १:३० बजे इरानको उर्मिया पुगेको हो।

प्रतियोगिताको दुई दिनअघि नै इरान आइपुगेको नेपाली टोलीले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ। एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिनअघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए। लामो समय नेपाली फुटसलको अनुभव बटुलेका र युवा खेलाडीसमेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाइ छ। समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सरुवात गर्ने छ।