५ असार २०८३, शुक्रबार
,
Latest
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती



अ+ अ-

काठमाडौँ: फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि फर्किएका छन् । शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दैछ

अर्को खेलमा पाराग्वे र टर्की आमने–सामने हुनेछन् । यो खेलमा दुबै दबाबमा हुनेछन् । किनभने हारले दुबैको विश्वकप आशालाई धागोले झुण्ड्याउनेछ ।

अमेरिका भर्सेस अस्ट्रेलिया

पाराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली रह्यो । प्रतियोगिताको पूर्व सन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरु आइरहेको थिए । अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरुप खेल्न सक्ला कि नसक्ला भन्ने कुराहरु चलिनै रहे । तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ । अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ ।

खेलको पहिलो ह्विस्सलसँगै अमेरिका निकै नै शार्पर कन्फिडेन्ट देखिएको थियो । निरन्तर पाराग्वेन रक्षापङ्क्तिलाई दबाबमा पारिरहेको थियो । जब जब बालोगुनसम्म बल आइपुग्थ्यो, उनीहरु हरेक पटक खतरनाथ देखिन्थे । रक्षापङ्क्तिमा पनि अमेरिका मजबुत देखियो ।
स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर ताने । ४–१ को जितमा बालोगुनले दुई गोल गरे ।
अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको खेल प्रस्तुत गर्यो । डार्क हर्शका रुपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो । टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो । टोलीको पोजेसन मात्र २८ प्रतिशत थियो ।

टर्कीले अस्ट्रेलियाको पोस्टमा ३० सट्स अटेम्प्ट गरेको थियो । तर, अस्ट्रेलिया खेलअवधिभर अनुशासित रह्यो । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलकिपर प्याट्रिक बीचले आठ सट्स अन टार्गेटलाई विफल पारिदिए । अन्त्यमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भयो ।

सकरुजले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन साँझ बिताउनेछ । अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ । पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो ।

टर्की भर्सेस पाराग्वे

शनिबार बिहान नेपाली समयअनुसार बिहान ८ः४५ बजे सान फ्रान्सिस्कोमा टर्की र पाराग्वे दुबै अत्याधिक दबाबमा हुनेछन् । नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुबैलाई जितको विकल्प छैन ।

टर्की बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो । युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो । पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो । दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो स्टेजमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ ।

टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ । निश्चित छ, टर्कीविरुद्ध अमेरिका फेबरेट नै रहनेछ । त्यसैले पनि टर्कीलाई पाराग्वेविरुद्ध तीन अंक अत्यावश्यक छ ।

गुस्ताफो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हरायो । अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीविरुद्ध पाराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रुपमा लिनेछ ।