२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुसको गोलले रियललाई दिलायो पहिलो जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथी क्लब रियल मड्रिडले पहिलो जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेमाथि १–० को जित निकाल्दै रियलले नयाँ सिजन प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । टर्किस क्लबसंग पराजित भएको अवस्थामा जिदान बर्खास्तीमा पर्ने केही रिपोर्टहरु सार्वजनीक भएका थिए ।

तर टोनी क्रुसले १८ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाउन सफल रहे । यसै सिजन रियल आएका ईडेन हजार्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही कारणले रियलले अग्रता दोब्बर बनाउने मौका चुकाएका थियो ।

समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो हप्ता नवप्रवेशी क्लब मालोर्कासंग स्पेनिस लिगमा रियल पराजित भएको थियो ।