२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सको जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ । घरेलु मैदानमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा दुवै गोल ड्याबालाले गरेका थिए । उनले खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा शानदा। गोल गरेका थिए ।

खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो । उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए । तर अर्जेन्टिनी फरवार्डले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल रहे ।

युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ । एट्लेटिको मड्रिड समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।