३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उहाँले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारलाई विज्ञापन र सूचना सबै सञ्चारमाध्यमलाई समानरुपमा उपलब्ध गराउन आग्रह गर्दै उहाँले यसबारे सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन महासङ्घलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना, विज्ञापन सबैखाले सञ्चारमाध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।