६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको बादशाह ‘युनाइटेड’, २ हजार गोल गर्ने पहिलो क्लब



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा नर्विच सिटीलाई ३–१ गोल अन्तरले युनाइटेडले पराजित गरेको छ । नर्विचको मैदानमा युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए ।

यता नर्विचका लागि भने ओनेल हर्नान्डेजले एक गोल फर्काएका थिए । खेलको २१ औं मिनेटमा स्कोटको गोलले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएको थियो । युनाइटेडले स्कोटको गोलसँगै प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाउन सफल भएको छ । युनाइटेड लिगमा २ हजार गोल पुरा गर्ने युनाइटेड पहिलो क्लब बनेको छ ।

स्कोटको गोलबाट अग्रता बनाएको युनाइटेडले त्यसलगतै ३० औं मिनेटमा राष्फोर्डको गोलबाट अग्रता दोब्बर बनाउन सफल रह्यो । योसँगै राष्फोर्डले क्लबका लागि ५० गोल समेत पुरा गरे । उनले १८३ खेलमा क्लबका लागि ५० गोल पुरा गरेका हुन् । यस्तै मार्सियलले खेलको ७३ औं मिनेटमा गोल गर्दा युनाइटेडको अग्रता ३–० को बन्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा नर्विचका हर्नान्डेजले एक गोल फर्काए पनि युनाइटेडले सहज जित निकाल्न सक्यो । जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १० खेलमा १३ अंक जोडेको छ । पराजित नर्विच ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा पुगेको छ ।