२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको बादशाह ‘युनाइटेड’, २ हजार गोल गर्ने पहिलो क्लब



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा नर्विच सिटीलाई ३–१ गोल अन्तरले युनाइटेडले पराजित गरेको छ । नर्विचको मैदानमा युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए ।

यता नर्विचका लागि भने ओनेल हर्नान्डेजले एक गोल फर्काएका थिए । खेलको २१ औं मिनेटमा स्कोटको गोलले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएको थियो । युनाइटेडले स्कोटको गोलसँगै प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाउन सफल भएको छ । युनाइटेड लिगमा २ हजार गोल पुरा गर्ने युनाइटेड पहिलो क्लब बनेको छ ।

स्कोटको गोलबाट अग्रता बनाएको युनाइटेडले त्यसलगतै ३० औं मिनेटमा राष्फोर्डको गोलबाट अग्रता दोब्बर बनाउन सफल रह्यो । योसँगै राष्फोर्डले क्लबका लागि ५० गोल समेत पुरा गरे । उनले १८३ खेलमा क्लबका लागि ५० गोल पुरा गरेका हुन् । यस्तै मार्सियलले खेलको ७३ औं मिनेटमा गोल गर्दा युनाइटेडको अग्रता ३–० को बन्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा नर्विचका हर्नान्डेजले एक गोल फर्काए पनि युनाइटेडले सहज जित निकाल्न सक्यो । जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १० खेलमा १३ अंक जोडेको छ । पराजित नर्विच ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा पुगेको छ ।