२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा युभेन्ट्सको जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमाजिनोआलाई २–१ गोल अन्तरले युभेन्ट्सले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा दुवै टिम १० खेलाडीमा समेटिएको थियो । खेलमा सुरुवाती अग्रता युभेन्ट्सले नै बनाएको थियो ।

लियोनार्दो बोनुचीले खेलको ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा क्रिस्टियन कौआमेले गोल गर्दै जिओनालाई १–१ गोलको बराबरी फर्काउन सफल भएका थिए । खेलको ५१ औं मिनेटमा फ्रान्सिस्को कास्सटाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा जिओना १० खेलाडीमा समेटियो । त्यस्तै एड्रिन राबिओटले खेलको ८७ औं मिनेटमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स पनि १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २–१ को संघर्षपूर्ण जित दिलाई छाडे । जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । युभेन्ट्सले १० खेलबाट २६ अंक जोडेको छ । पराजित जिओना ८ अंक जोडेर १७ औं स्थानमा छ ।