६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पछि पार्दै युनाइटेड क्वाटरफाइनलमा



अ+ अ-

चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार रति भएको खेलमा २–१ गोल अन्तरले चेल्सीलाई पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । चेल्सीको मैदानमा मार्कुस राष्फोर्डको दुई गोलमा युनाइटेडले जित आफ्नो कब्जामा पार्न सुफल रह्यो ।

चेल्सीका लागी भने मिसी बात्सुईले एक गोल फर्काएका थिए । स्टामफोर्ड ब्रिजमा खेलको २५ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । बात्सुईले खेलको ६१ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई १–१ को बराबरीमा फर्काए ।

तर, राष्फोर्डले खेलको ७३ औं मिनेटमा फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । काराबाओ कप अन्तर्गत नै अर्को खेलमा एस्टन भिल्लाले वुल्भ्सलाई २१ ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको छ ।