२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पछि पार्दै युनाइटेड क्वाटरफाइनलमा



अ+ अ-

चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार रति भएको खेलमा २–१ गोल अन्तरले चेल्सीलाई पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । चेल्सीको मैदानमा मार्कुस राष्फोर्डको दुई गोलमा युनाइटेडले जित आफ्नो कब्जामा पार्न सुफल रह्यो ।

चेल्सीका लागी भने मिसी बात्सुईले एक गोल फर्काएका थिए । स्टामफोर्ड ब्रिजमा खेलको २५ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । बात्सुईले खेलको ६१ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई १–१ को बराबरीमा फर्काए ।

तर, राष्फोर्डले खेलको ७३ औं मिनेटमा फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । काराबाओ कप अन्तर्गत नै अर्को खेलमा एस्टन भिल्लाले वुल्भ्सलाई २१ ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको छ ।