११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह

सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सीमा समस्याजस्तो संवेदनशील र दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई समयअघि नै ‘खलनायक’का रूपमा चित्रित नगर्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै धितालले सीमा सम्बन्धी विषय नेपालका लागि अत्यन्त संवेदनशील, भावनात्मक र दीर्घकालीन राष्ट्रिय मुद्दा भएकाले यसलाई तत्कालीन राजनीतिक दृष्टिकोणबाट मात्र मूल्याङ्कन गर्न नहुने बताएकी छन्।

उनले विगतका सरकारहरूले पनि छिमेकी राष्ट्रसँग विभिन्न समझदारी र सम्झौताहरू गरेको स्मरण गराउँदै, अहिले भइरहेको प्रयासलाई विगतको सन्दर्भमा पनि हेर्न आवश्यक रहेको उल्लेख गरेकी छन्। “अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन भन्ने होइन, तर विगतलाई सम्झिएर वर्तमानको मूल्याङ्कन गर्नुपर्छ,” उनले लेखेकी छन्।

धितालले अघिल्ला सरकारका पालामा उच्चस्तरीय राजनीतिक भ्रमण तथा सार्थक वार्तासमेत हुन नसकेको अवस्था स्मरण गराउँदै अहिले कम्तीमा संवाद र समाधानको वातावरण बनेको दाबी गरेकी छन्।

उनका अनुसार सीमा विवादजस्तो जटिल विषय कुनै एक अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकबाट समाधान हुने अपेक्षा गर्नु यथार्थपरक होइन। “कूटनीति पर्दाअघि र पर्दापछि हुने लामो प्रक्रिया हो, आज देखिएको औपचारिक भ्रमण त्यसकै एउटा दृश्य भाग मात्र हो,” उनले उल्लेख गरेकी छन्।

धितालले प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले नै ठूलो बहस सिर्जना गरेको भन्दै आगामी दिनमा अझ जटिल, संवेदनशील र चुनौतीपूर्ण विषयहरू सार्वजनिक बहसमा आउन सक्ने संकेत गरेकी छन्। यस्ता विषयमा संसद, सडक, सञ्चारमाध्यम तथा बौद्धिक वृत्तमा मतभेद हुनु स्वाभाविक भएको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीलाई तत्कालै राष्ट्रघाती वा खलनायकका रूपमा चित्रित गर्ने, नागरिकहरूमा भय र अविश्वास फैलाउने तथा प्रत्येक कूटनीतिक प्रयासलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले समाधानभन्दा अवरोध सिर्जना गर्ने तर्क गरेकी छन्।

धितालले रास्वपाको नेतृत्व, सभापति तथा प्रधानमन्त्रीबाट राष्ट्रहितविपरीत कुनै सम्झौता नहुने दाबी गर्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै सम्बन्ध, दबाब वा स्वार्थ हुन नसक्ने बताएकी छन्।

उनले दशकौँसम्म सरकार सञ्चालन गरेर पनि समस्या समाधान गर्न नसकेकाहरूले समाधानको प्रयास गरिरहेकाहरूलाई विश्वास गर्ने ठाउँ दिनुपर्ने धारणा राखेकी छन्। “सीमा जस्तो जटिल राष्ट्रिय मुद्दाको मूल्याङ्कन एउटा अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकबाट सम्भव हुँदैन,” उनले उल्लेख गरेकी छन्।

धितालले कुनै पनि नेतृत्वलाई अनावश्यक रूपमा नायक वा खलनायक बनाउने प्रवृत्तिभन्दा कसले, किन र कुन उद्देश्यले त्यस्तो छवि निर्माण गरिरहेको छ भन्ने विषयलाई गम्भीर रूपमा बुझ्न आवश्यक रहेको बताएकी छन्।