२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले शीर्ष स्थानका उक्लिने मौका गुमायो



अ+ अ-

स्पेनिस लिगको शीर्ष स्थानका उक्लिने मौका रियल मड्रिडले गुमाएको छ । शनिबार राति भएको खेलमा रियल वेटिससंग बराबरी भएपछि रियलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । केही घण्टा अघि मात्र लिग लिडर बार्सिलोना ३–१ ले लेभान्टेसंग पराजित भएको थियो । सोही कारण रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका थियो । तर रियल भने गोल रहित बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भयो ।

इडेन हजार्डले पहिलो हाफमा रियललाई अघि बढाउने कोशिश गरेका थिए । तर उनको गोल अफसाईड हुन पुगेको थियो । यस्तै रियलका भिनिसियस जुनियर र सर्जियो रामोसको प्रहारलाई वेटिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई निराश बनाउने काम गरेका थिए । तर जिनेदिन जिदानको टिमले कुनै प्रहारलाई गोलमा परिणत गर्न भने सकेन । रियलका २२ प्रहारले गोलको आकार भने लिनै सकेनन् ।

शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान २२ अंक रह्यो । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो । वेटिस क्लब १३ अंक सहित तालिकाको १४ औ स्थानमा रह्यो ।