६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्ड दोस्रो टी-ट्वान्टीमा विजयी



अ+ अ-

घरेलु टिम न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । विलिङटनमा आइतबार भएको खेलमा इंग्ल्याण्डलाई २१ रनले न्युजिल्याण्डले पराजित गरेको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले ७ विकेटको जित निकालेको थियो ।

न्युजिल्याण्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९ ओभर ५ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । मोर्गनले इंग्ल्याण्डका लागि ३९ रन जोडे । यस्तै क्रिस जोर्डनले र कप्तान इयान मोर्गनले ३६/३२ रन बनाएका थिए । न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए । यस्तै टिम साउथे, लक्की फर्गुसन र इश सोधीले २र२ विकेट लिएका हुन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । न्युजिल्याण्डका लागि जेम्स निशमले ४२ तथा मार्टिन गुप्टिलले ४१ रन बनाएका थिए । यस्तै रोस टेलर र कोलिन डी ग्राण्डहोमेले समान २८/२८ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । साम करनले २ विकेट लिए ।