११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु

सरकारका कारण नेपालको न्यायालय निरीह हुनु परेको छः रास्वपा सांसद न्यौपाने

सरकारका कारण नेपालको न्यायालय निरीह हुनु परेको छः रास्वपा सांसद न्यौपाने
अ अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरिह हुनुपरेको बताएका छन् ।

बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले पटक पटक ताकेता गर्दा पनि सरकारले अदालतको आदेश, निर्देशन र फैसला कार्यान्वयनमा नल्याएको भन्दै आपत्ति समेत जनाएका हुन् ।

गिरिबन्धु टी स्टेटसम्बन्धि सर्वोच्च अदालतको फैसला आज पनि सरकारले कार्यान्वयनमा नल्याउँदा सम्बन्धित पक्षले ठूलो पीडा व्यहोर्नुपरेको दृष्टान्त पेश गर्दै सांसद न्यौपानेले संसदीय समितिले संविधान र कानूनले किटान गरेका विषयलाई कार्यान्वयनमा लैजानका लागि संसद र संसदीय समितिले सरकारलाई सचेत गराउनुपर्ने बताए ।

उनले भने, “हामीले संविधानमा लेख्यौ–अदालतको आदेश, निर्देशन, फैसला मान्नुपर्दछ । हामीले कानूनमा भन्यौ–ढिलो न्याय पाउनु, न्या पाउनु नै होइन । त्यसैले न्याय छिटो दिनुपर्छ भन्यौ । एक त पैmसला नै हुँदैन । दोस्रो फैसला भएपनि कार्यान्वयनका गति यो छ । अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भईसके पश्चात सभामुख मार्फत यसमा सम्बन्धित सरोकारवाला जस्तो समलिंगी विवाहलाई मान्यता दिन समिति गठन गर्नु । विषय विषय २०६४ साल पुस ६ गते नै बोल्यो । विवाहलाई मान्यता दिनु भनेर । आज विवाह गर्ने उमेर नै सिद्धियो होला । सुप्रिमकोर्ट भन्छ–मान्यता देउ । आजसम्म राज्यले दिँदैन । यसले पार्ने प्रभाव त्यस्तो छ । यही गिरिबन्धु टि स्टेटको भन्नु हुन्छ भने–आज पनि मैले देखेको छु–बिर्तामोड बसपार्क १४ सय वटा घेडरी छन । नौ सय वटा घर छन । तर रोक्का रहेका छन । न उनीहरुको सम्पती फुकुवा हुन्छ, न उनीहरुलाई सुव्यवस्थित गरिएको छ  । आज फैसला कार्यान्वयन राज्यले नगरेका कारण कता कता मलाई भन्न अप्ठयारो लाग्छ–स्वतन्त्र न्यायपालिका भने पनि निरीह हुनुपरेको हाम्रो अदालत फैसला कार्यान्वयन निर्देशनालय ।”

सांसद न्यौपानेले न्यायपालिकालाई स्वतन्त्र न्याय पालिका भनेपनि त्यसमाथि राज्यको नियन्त्रण कायमै रहेको जिकिर गरे ।