२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल टोली स्वदेश फर्कंदै



अ+ अ-

काठमाडौं । घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्कंदै छ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली आज साँझ स्वदेश फर्कन लागेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली गत असोज २९ गते थाइल्यान्ड गएको थियो । नेपाली टोलीले त्यहाँ सात अभ्यास खेल खेलेको थियो । नेपालले चार खेलमा जीत तथा तीनमा हार बेहोरेको थियो ।

नेपालले अब बङ्गलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा भाग लिनेछ । उक्त प्रतियोगिता कात्तिक २२ देखि २७ गतेसम्म हँुदैछ । त्यसपछि नेपाली टोली १३औँ सागको तयारीमा जुट्नेछ । तेह्रौँ साग आगमी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुदैछ ।