११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

भोजपुरको हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुरको हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
अ अ+ अ-

काठमाडौं । भोजपुरको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।

लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो । वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । “विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ”, उहाँले भन्नुभयो, “अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ ।”

स्थानीय महेश्वरी कार्कीले विद्युत् विस्तारपछि घरायसी कामकाज सहज बनेको बताउनुभयो । उहाँका अनुसार बत्ती बाल्न, खाना पकाउन उपकरण प्रयोग तथा बालबालिकाको पढाइमा सहज भएको भएको हो ।

“पहिले दियो तथा टुकी बत्तीको भर पर्नुपथ्र्यो, बिजुली आएपछि हाल धेरै सजिलो भएको छ । घरायसी काम र विशेष गरी बालबालिकाको पठनपाठनमा सहज भएको छ ।” विद्युत् सेवा विस्तारसँगै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सहज भइरहेको स्थानीयवासी हेमराज कार्कीले बताउनुभयो ।

कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ, कुटानीपिसानी मिल सञ्चालनजस्ता क्रियाकलापमा पनि यसले सहयोग पुगेको उहाँको भनाइ छ ।

गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सेवाको प्रयोगमा वृद्धि भएको स्थानीय शम्भु राईले बताउनुभयो । स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना तथा नियमित आपूर्तिका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ ।