१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनरागमनमा डर्टमण्डको उत्कृष्ट जित



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पुनरागमन जित निकालेको छ ।समूह चरण अन्तर्गत बुधबार राति डर्टमण्डले ३–२ गोल अन्तरले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको हो । घरेलु मैदानमा २–० गोलले पछि परेको स्थिति उल्टाएर डर्टमण्डले उत्कृष्ट जित निकालेको हो । लाउटारो मार्टिनेजले खेलको पाँचौं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा माटियास भेसिनोले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाएका हुन् । तर, दोस्रो हाफमा डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्यो । अर्चार्फ हाकिमीले खेलको ५१ औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने कोशिस गरेका थिए । ६४ औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दा डर्टमण्डले खेल २–२ को बराबरीमा ल्याउन सक्यो ।

त्यसपछि हाकिमीले खेलको ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–२ को उत्कृष्ट जित दिलाए । जितसँगै समूह ‘एफ’ को डर्टमण्ड समूहको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ४ खेलमा ७ अंक जोडेको छ । ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ । यस समूहमा ८ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ ।