१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको उत्कृष्ट व्याटिङ, मल्लसहित नौ खेलाडीले डेब्यू गरे



अ+ अ-

काठमाडौं । नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसी चिया ‘ब्रेक’सम्म उच्च योगफलतर्फ अघि बढेको छ । एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको छ । एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलिरहेका छन् ।

‘लन्च ब्रेक’ सम्म मात्र ८४ रन जोडेको एमसीसीका लागि रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेर मैदान बाहिरिए । मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा टम वेस्ट्लीले ३९ तथा बिली गोडलम्यान १० रन बनाउँदै बाहिरिए । नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई/दुई विकेट लिए ।

नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । यसअघि सन् २००५ को मार्चमा आईसीसीले मान्यता दिएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्व प्रथम श्रेणीको क्रिकेट खेलेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

आजको खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्लसहित राजु रिजाल, विनोद भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फले ‘डेब्यू’ गरेका हुन् । सोमपाल कामी र शरद भेषवाकर ‘प्लेइङ’ ११ मा रहेका छन् । सोमपाल र शरदले भने प्रथम श्रेणीको क्रिकेट यसअघि नै खेलिसकेका छन् ।