६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल टोली बङ्गलादेशतर्फ



अ+ अ-

काठमाडौं । बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यही कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । त्यस्तै कात्तिक २५ गते अफगानिस्तान, २६ गते किर्गिस्तान र २७ गते आयोजक बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २८ गते खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ९साग० र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।