२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगको नकआउटमा ‘युनाईटेड’



अ+ अ-

काठमाडौं । म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार समूह ‘एल’ को खेलमा युनाईटेडले सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै नकआउट प्रवेशको टुङ्गो लगाएको हो । युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरेका थिए ।

२१ औ मिनेटमा ग्रिनउडको गोलबाट युनाईटेडले खेलमा अग्रता लिएको थियो । ३३ औ मिनेटमा मार्टियलले युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

समूह ‘एल’ मा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।