१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको प्रस्ताव: पीएसएलकोे ‘ड्राफ्ट’मा ५ खेलाडी



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तान सुपर लिग (पीएसएल)मा नेपालका पाँच खेलाडी ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ । आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन क्यानले प्रस्ताव गरेको हो । करण केसी सहित पवन सरार्फ, ललित नारायण राजभण्डारी, आरिफ शेख र बिनोद भण्डारीको नाम क्यानले प्रस्ताव गरेको हो ।

आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ । क्यान महासचिव अशोकनाथ प्याकुरेलले सन् २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाईएको बताए । पीएसएलको ड्राफ्टबाट कुनै खेलाडी छनोट भएमा नेपाली खेलाडीलाई राम्रो नै हुने उनले बताए ।

क्यानले अन्य खेलाडीलाई समेत फ्रेन्चाईज लिगका लागि बाहिर सहजीकरण गर्ने प्रयास अघि बढाएको छ । पकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ ।

पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ । पीसीबीले फेब्रुअरी २० देखि मार्च २२ सम्म पाँचौ संस्करणको पीएसएल सञ्चालन गर्ने तयारी गरेको छ । नेपालका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने अहिले दुईबमा टी–१० फ्रेन्चाईज लिग खेल्ने तयारी गरेका छन् ।