२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको प्रस्ताव: पीएसएलकोे ‘ड्राफ्ट’मा ५ खेलाडी



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तान सुपर लिग (पीएसएल)मा नेपालका पाँच खेलाडी ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ । आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन क्यानले प्रस्ताव गरेको हो । करण केसी सहित पवन सरार्फ, ललित नारायण राजभण्डारी, आरिफ शेख र बिनोद भण्डारीको नाम क्यानले प्रस्ताव गरेको हो ।

आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ । क्यान महासचिव अशोकनाथ प्याकुरेलले सन् २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाईएको बताए । पीएसएलको ड्राफ्टबाट कुनै खेलाडी छनोट भएमा नेपाली खेलाडीलाई राम्रो नै हुने उनले बताए ।

क्यानले अन्य खेलाडीलाई समेत फ्रेन्चाईज लिगका लागि बाहिर सहजीकरण गर्ने प्रयास अघि बढाएको छ । पकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ ।

पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ । पीसीबीले फेब्रुअरी २० देखि मार्च २२ सम्म पाँचौ संस्करणको पीएसएल सञ्चालन गर्ने तयारी गरेको छ । नेपालका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने अहिले दुईबमा टी–१० फ्रेन्चाईज लिग खेल्ने तयारी गरेका छन् ।