६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिने तयारीमा हुनुहुन्छः सभामुख अर्याल



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी दिनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो स्पष्ट पार्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली सम्मत रहेको उल्लेख गर्नुभयो ।

उहाँले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताउनु भयो । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । संसदको कार्यतालिकालाई प्रभावित हुन नदिन र सार्वभौम सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न उहाँले माननीय सदस्यहरूलाई विशेष आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्ण रूपमा जानकार हुनुहुन्छ । सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीज्यू सांसदहरूका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन तयारी अवस्थामा हुनुहुन्छ र उहाँ छिट्टै सदनमा उपस्थित हुनुहुनेछ ।’

विपक्षी दलहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्दै सदनमा अवरोध सिर्जना गरेपछि सभामुखले सदन सुचारु गर्न यस्तो अपिल गर्नुभएको हो ।