१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको जादुमय ह्याट्रिकमा बार्सिलोना पुग्यो शीर्ष स्थानमा



अ+ अ-

लियोनल मेस्सीको ह्याट्रिकमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ गोल अन्तरले बार्सिलोनाले हराएको हो । पेनाल्टीमा एक र फ्रिकिकमार्फत दुई जादुमय गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरेका हुन् । खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई अघि बढाएका थिए ।

पाहुना टोली सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । तर पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए । ८५ औ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनाको लागी जित सुनिश्चित गराएका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।