६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको शानदार गोलमा वायर्नको जित



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा बोरुसिया डर्टमण्डलाई ४–० गोलको फराकिलो अन्तरले वायर्नले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा १७ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीको गोलले वायर्नलाई सुरुवाती अग्रता दिलाएकोथियो । सेर्गी गनाब्रेको ४७ औं मिनेटमा गरेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लेवान्डोस्कीले खेलको ७६ औं मिनेटमा दोस्रो गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गर्दै वायर्न ४–० ले विजयी भयो ।

जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।