६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याबालोले दिलाए युभेन्ट्सलाई जित



अ+ अ-

अन्तिम समयमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले सिरि ‘ए’ फुटबलमा एसी मिलानलाई हराएको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलानलाई युभेन्ट्सले १–० ले हराएको हो । युभेन्ट्सको जितमा ड्याबालाले ७७ औ मिनेटमा विजयी गोल गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डोलाई स्थानान्तरण गर्दै ड्याबाला मैदानमा उत्रिएका थिए । खेलको ५५ औ मिनेटमा प्रशिक्षक माउरिजियो सर्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । जितसंगै युभेन्ट्सले ईन्टर मिलानलाई पछाडी पादै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रोनाल्डो लगातार दुई खेलमा स्थानान्तरण भएका हुन् । उनी अघिल्लो खेलमा समेत पुरा समय मैदान खेल्न पाएका थिएनन् । युभेन्ट्स सिरि ‘ए’ फुटबलमा अपराजित छ । उसले दोस्रो स्थानको ईन्टरसंग एक अंकको अग्रता लिएको छ । मिलान क्लब १४ औ स्थानमा रहेको छ ।