१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लियो



अ+ अ-

काठमाण्डौ । नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता १२औँ स्थानमा उक्लिएको हो ।

टी २० वरीयतामा अघिल्लो महिना दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ । वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् ।

यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।