१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरबमा स्पेनिस सुपर कप, बार्सिलोनासंगै रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सिया भिड्दै



अ+ अ-

अरेबियामा स्पेनिस सुपर कप साउदी हुने भएको छ । साउदी अरबले सोमबार प्रतियोगिताको घोषणा गर्दै अर्को बर्षको पहिलो महिनामा स्पेनिस सुपर कप साउदी अरेबियामा सञ्चालन गर्ने निर्णय गरेको हो । ६२ हजार दर्शक क्षमताको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा चार टिमहरु खेल्ने पक्का भएको छ । जस्मा बार्सिलोनासंगै रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सिया रहेका छन् ।

स्पेनिस फुटबल महासंघले २९ देखि ३४ मिलियन डलर बार्षिक रुपमा आम्दानी गर्नेछ । सम्झौता तीन बर्षको हुनेछ । तर सरकारी अधिकारी र ला लिगाले भने यो कदमको आलोचना गरेको छन् ।स्पेनका खेलकुदका जुनियर मन्त्री मारिया जोसेले भनेका छन्, ‘यो कदमको सरकारले सहयोग गर्नेछैन । जुन देशमा महिला अधिकारलाई सम्मान गरिदैन, त्यहाँ यो प्रतियोगिता हुदैछ ।’

साउदी अरबको मानव अधिकार हननको बिषयलाई गम्भिर चासोको रुपमा एम्नेस्टि ईन्टरनेश्नलले समेत लिदै आएको छ । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस एबिएल्सले साउदीमा हुने स्पेनिस सुपर कप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् । साउदी राजकुमार प्रिन्स मोहमद विन सलमानले सामाजिक सुधारको कार्यक्रमहरु अघि सार्दै सन् २०१७ मा महिलालाई फुटबल खेल लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेका थिए ।

यस्तै साउदीले महिलालाई सवारी चालक अनुमती दिने जस्ता सामाजिक सुधारको कार्यक्रम लागु गरेको छ । अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् । यस्तै लिगको तेस्रो र चौथो क्लब समेत प्रतियोगितामा छनोट हुन सक्नेछन् ।

तालिका अनुसार बार्सिलोना र एट्लेटिको मड्रिड तथा भ्यालेन्सिया र रियल मड्रिड जनवरी ८ देखि १२ सम्म खेल्नेछन् । दुवै खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।