१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहाले चोटका कारण छनोटका दुई खेल गुमाउने भए



अ+ अ-

लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् । स्टार सलाहाले चोटका कारण केन्या र कोमोरस विरुद्धको छनोट खेल गुमाउने भएका हुन् । प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट सलाहा बाहिरिएका थिए ।

कायरोमा मंगलबार सलाहाले चोटको परिक्षण गरेका थिए । ‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको ईजिप्टले बिज्ञप्तीमार्फत भनेको छ । म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत सलाहाले गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो ।

लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले सो ट्याकललाई लिएर आपत्ती समेत जनाएका थिए ।लिभरपुलले प्रिमियर लिगको आगामी खेलमा क्रिस्टल प्यालेससंग नोभेम्बर २३ मा प्रतिस्पर्धा गर्नेछ ।