२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारत विरुद्व एसीसी इमर्जिङ एसिया कपमा ब्याटिङ गर्ने



अ+ अ-

काठमडौं । भारत विरुद्व नेपालले एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा ब्याटिङ गर्ने भएको छ ।बंगलादेशको ढाकास्थित सभारमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो ।

नेपाली टिमका नियमित दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोली दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् भने समूह ‘बी’ मा नेपाल, भारत,बंगलादेश र हङकङ रहेका छन् । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।