१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग ७ विकेटले पराजित नेपाल



अ+ अ-

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो ।

बंगलादेशको राजधानी ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पुरा गर्दै ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका ललितनारायण राजवंशी, कारण केसी र सुशन भारीले १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।

कुशल २८ रनमा आउट भए । शरद भेषवाकरले ४४ रन, डेब्यू खेलाडी कुशल भुर्तेलले २८ रन, दीपेन्द्रसिंह ऐरी २४ रन र करण केसीले २० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
भारतका शौरभ दुवेले ४ र एस राठौरले ३ विकेट लिए ।