५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीको अवरोध, बैठक पुनः १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सदनमा उपस्थिति र जवाफको माग गर्दै बैठक अवरुद्ध गरेपछि कार्यवाही अघि बढ्न सकेन ।

कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई समसामयिक विषयमा जवाफ दिनुपर्ने भन्दै सभामुखलाई रुलिङ गर्न माग गरेको थियो । सोही माग दोहोरिएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।

अवरोध कायमै रहेपछि सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए । यसअघि पनि सोही मागका कारण पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

लगातार दुई बैठकमा विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको कार्यसूची प्रभावित बनेको छ ।