११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

स्थानीय र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रश्ताव; ४ अर्ब जोगिने दाबी

स्थानीय र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रश्ताव; ४ अर्ब जोगिने दाबी
अ अ+ अ-

काठमाडौँ।  निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रश्ताव गरेको छ ।

आयोगले आगामी  २०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्षको मंसिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिव ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलहरूसँग मंगलवार विशेष छलफल गरेको थियो । आयोगको कार्यालयमा आयोजित छलफलमा निर्वाचन सुधारका विविध पक्षबारे छलफल भएको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनु भयो ।

छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिष्पर्धा गरेपछि रिक्त रहेका ७४ स्थानीय तह र प्रदेश सभाका पदहरूमा निर्वाचन गर्ने विषयमा पनि परामर्श भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सदस्यको निधन भई रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिस गरिसकेको उहाँले बताउनु भयो ।

निर्वाचनलाई आधुनिक र प्रविधिमैत्री बनाउन ‘निर्वाचन व्यवस्थापन ऐन’ को मस्यौदा गृह मन्त्रालयमार्फत संसद्मा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ । करिव तीन वर्षअघि तयार पारिएको उक्त मस्यौदामा गृह मन्त्रालयको सुझावपछि पुनः दलहरूसँग छलफल गरिएको उहाँले बताउनु भयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘अब ८४ सालमा स्थानीय तहको र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने हुन्छ । सधैँभरि हाम्रो परम्परा प्राक्टिस प्रदेश सभा र प्रतिनिधि सभाको सदस्यको निर्वाचन एउटै मितिमा एकैपटक गर्ने हाम्रो परम्परा थियो ।

२१ गतेको प्रतिनिधि सभाको सदस्यको निर्वाचन सकिएपछि त्यहाँ प्रदेश सभाको सदस्यको निर्वाचन छुटेको छ । र छुटेको निर्वाचन अब आगामी ८४ साल वैशाख ३० गते स्थानीय तहको पदाधिकारीहरूको पदावधि समाप्त हुन्छ। र मंसिर ४ गते प्रदेश सभाको सदस्यहरूको पदावधि समाप्त हुन्छ । र यो दुइटै समाप्त हुने पदहरूलाई एकै ठाउँमा जोडेर स्थानीय तह र प्रदेश सभाको सदस्यको निर्वाचन गर्न सकियो भने लगभग राज्यलाई ४ अर्ब रुपैयाँ बच्छ राज्यको । छुट्टाछुट्टै गरियो भने ४ अर्ब भन्दा बढी पैसा छुट्टै खर्च हुन्छ ।

त्यसो भएको हुनाले तपाईंहरू दलको प्रतिनिधिमार्फत विधायिकामा यो सन्देश लगिदिनुस् कि यही आगामी बजेट अधिवेशनमा ऐन हामीले प्रस्ताव गरेको विधेयक चाहिँ ऐनको रूपमा आउनुप¥यो । र त्यो ऐन आउँदा खेरि आधुनिक प्रविधिहरू के–के अनुसार चुनाव गर्ने प्रविधि युक्त निर्वाचन ऐन पनि हुनुपर्यो।

त्यसको अतिरिक्त स्थानीय तह र प्रदेश सभाको सदस्यको निर्वाचन पनि एउटै मितिमा तय गरेर निर्वाचन गर्ने गरी व्यवस्था भएको ऐन आउनुप¥यो र एक वर्षपछि निर्वाचन सम्पन्न गर्नुपर्यो । र अहिले नै यो प्रविधि युक्त निर्वाचन गर्नलाई प्रविधि युक्त ऐन भएन भने सम्भव हुँदैन । त्यसैले ऐन नभइकन प्रविधि युक्त निर्वाचन हुन सक्दैन।

आधुनिक प्रविधि भित्र्याउन हामी खोज्ने तर ऐन हामीले ल्याउन सकेनौँ भनेदेखि आगामी हुने निर्वाचन पनि अहिलेको निर्वाचनको ढर्रा भन्दा परिवर्तन हुँदैन । सोही ढर्रामा निर्वाचन गर्ने प्रयोजनको लागि विभिन्न समुदायबाट अहिले आधुनिक प्रविधिबाट निर्वाचन सम्पन्न गर्नुपर्ने भन्ने जुन माग आएको छ त्यो मागलाई सम्बोधन हुन नसक्ने भएको हुनाले ऐन ल्याउने प्रयोजनलाई यहाँहरूले आफ्नो तह र तप्काबाट आफ्नो दलमा आफ्नो संसदका प्रतिनिधि सभाका सदस्यहरू मार्फत प्रतिनिधि सभामा र त्यसबाट सबै ठाउँबाट आवाज गुन्जाइदिनुस् ताकि आगामी हुने निर्वाचन आधुनिक प्रविधिमैत्री र आधुनिक विधि युक्त र स्वच्छ निष्पक्ष र भयरहित र कुनै पनि कमी कमजोरी विहीन निर्वाचन होस् भन्ने प्रयोजनलाई दलहरूसँग छलफल गरेर हामीले एउटा निचोड निकाल्यौँ र सोही बमोजिम दलहरूले पनि आफ्नो राय सल्लाह सुझाव दिनुभएको छ । आगामी बजेट अधिवेशनबाटै निर्वाचन व्यवस्थापन विधेयक पारित गरी ऐनका रूपमा आएमा मात्र निर्वाचनमा आधुनिक प्रविधिको प्रयोग सम्भव हुनेछ । ऐनको अभावमा निर्वाचनको पुरानो शैली परिवर्तन गर्न नसकिने भएकाले दलहरूले संसद्मा यसका लागि सकारात्मक भूमिका खेल्नुपर्छ ।’

आधुनिक प्रविधि भित्र्याउन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन नयाँ ऐन अपरिहार्य रहेको उहाँको तर्क छ । दलहरूबाट प्राप्त सुझावका आधारमा आयोगले मस्यौदालाई अन्तिम रूप दिई गृह मन्त्रालयमार्फत छिट्टै विधायिकामा पठाउने प्रतिबद्धता व्यक्त गरेको छ । –न्युज एजेन्सी नेपाल