११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’
अ अ+ अ-

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।

एसइई २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका कामपाले जनाएको छ । कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस वर्ष परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेका छन् ।

परीक्षामा सहभागी चार हजार १६७ जना विद्यार्थीमध्ये चार जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरूमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण माविका एक जना, शिवपुरी माविका एक जना, विश्व निकेतन माविका तीन जना र रत्नराज्य माविका दुई जना विद्यार्थी छन् । गएको वर्ष १७ जनाले चार जिपिए प्राप्त गरेका थिए ।

गएको वर्ष चार हजार ८५ जना परीक्षार्थीमध्ये तीन हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका ढकालले जानकारी दिनुभयो ।

उनीहरूमध्ये ३.६ देखि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ५४३ जना छ । ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार चार जना, २.८ देखि ३.२ जिपिए ल्याउने एक हजार १५३ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४६९ जना, २.० देखि २.४ जिपिए ल्याउने १४ जना छन् । यसमा गएको वर्ष क्रमशः ७७४ जना, एक हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो ।

यो नतिजा हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भइरहेको र तल्लो तहको जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो ।

गएको वर्ष ९७६ जना ‘नटग्रेडेड’ थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् । परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सूक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्ने विद्यालयलाई नकारात्मक सूचीमा राखिने ढकालको भनाइ छ ।  रासस