१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम खेलमा स्पेनको प्रभावशाली जित



अ+ अ-

स्पेनले युरोकप छनोटको अन्तिम खेलमा प्रभावशाली जित आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा रोमानियालाई ५–० गोल अन्तरले स्पेनले हराएको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । फेबियन रुईजले खेलको आठौं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाएका हुन् । एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो । दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए ।

खेलमा स्पेन र स्विडेनले समूह एफको युरोकपमा छनोट भईसकेका छन् । स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले । रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।