१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्सी चम्किँदा वेल्स युरोकपमा छनोट



अ+ अ-

आरोन राम्सीको गोलमा वेल्स युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा वेल्सले हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो । वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । सो खेलमा राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराउन सफल भए ।

खेलको १५ औ मिनेटमा पहिलो गोल गरेका राम्सीले ४७ औ मिनेटमा दोस्रो गोल पनि थपेका थिए । समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो ।

वेल्सको जितले स्लोभाकियाको युरोकप छनोटको सम्भावना सकियो । वेल्सको हार र बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पुर्याउने निश्चित थियो ।