१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्नाल्डमको ह्याट्रिकमा नेदरल्यान्ड्सको जित



अ+ अ-

युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत मंगलबार राति इस्टोनियालाई ५–० गोल अन्तरले नेदरल्यान्ड्सले पराजित गरेको हो । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरेका थिए भने नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरेका थिए ।

डेब्यु खेलाडी बोअडु नेदरल्यान्ड्सका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी समेत चुनिए । उनले १८ वर्ष ३ सय ९ दिनको हुँदा गोल गरेका हुन् । जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’ मा ८ खेलमा १९ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूह दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स यस अघि नै युरोकपमा छनोट भईसकेको छ । समूहको पुछारमा रहेको इस्टोनियाको १ अंक रहेको छ ।