२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैभव सूर्यवंशीको ब्याटिङ चलेन, राजस्थानको हार



वैभव सूर्यवंशी
अ+ अ-

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार साँझ भएको खेलमा प्रतिभावान युवा खेलाडी वैभव सूर्यवंशी फेरि अर्कोपटक फ्लप भएपछि राजस्थान रोयल्स पराजित भएको छ । वैभवको विकेट मोहम्मद सिराजले लिएका थिए ।

जयपुरमा भएको यस खेलमा राजस्थान रोयल्स गुजरात टाइटन्ससँग ७७ रनको भारी रन अन्तरले पराजित भयो ।

गुजरात टाइटन्सले दिएको २३० रनको विशाल लक्ष्य पाएको राजस्थान रोयल्स १६.३ ओभरमा अलआउट हुँदै १५२ रनमै समेटिएको थियो । जसमा वैभवले ३६ रन बनाएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ८४, ओपनिङ ब्याटर शाई सुदर्शनले ५५ तथा वासिङटन सुन्दरले अविजित ३७ रन बनाए ।

राजस्थानका ब्याटरहरु नियमित अन्तरालमा आउट भएसँगै पूरै टिम १६.३ ओभरमा धराशायी बन्यो । गुजरातका बलरहरु रसिद खानले ४ र जेसन होल्डरले ३ विकेट लिएपछि राजस्थान हार व्यहोर्न बाध्य भयो ।

यो जितसँगै गुजरातले ११ खेलबाट १४ अंक सहित दोस्रो स्थानमा उक्लेको छ । राजस्थान भने १२ अंक सहित पाँचौं स्थानमा पुगेको छ ।

आज आइतबारका खेलहरु

१. चेन्नाई सुपर किंग्स vs लखनऊ जायन्ट्स (३.१५ बजे)
२. रोयल च्यालेन्ज बैंगलोर vs मुम्बई इन्डियन्स (७.४५ बजे)