८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापालाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न— देउवालाई टिकट किन नदिएको ?



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज सो प्रदेशको धनगढीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापालाई शेरबहादुर देउवालाई गएको प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवालाई किन टिकट नदिएको भनेर प्रश्न गरेका छन् ।

आज धनगढीमा अयोजना भएको नेपाली कांग्रेसको कार्यक्रममा नै उनले सो प्रश्न गरेका थिए । उनले भनेका थिए— तत्कालीन सभापतिले एक पटक चुनाव लड्छु भन्दा किन टिकट नदिएको ? पार्टीभित्र किन यस्तो संस्कार बसाएको ? यस्तो संस्कारले पार्टी एकीकरण कसरी हुन्छ ?

साथै मुख्यमन्त्री शाहले सभापति गगन थापासँग कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको हैसियतबारे पनि प्रश्न उठाएका छन् । कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेलामा मुख्यमन्त्री शाहले सो क्षेत्रमा र देशमा नै देउवाको योगदानलाई बिर्सिएर पार्टीले उनीप्रति प्रतिशोध साँधेको भन्दै देउवाको हैसियतबारे पनि प्रश्न उठाएका थिए ।

शाहले पार्टीका निवर्तमान सभापति देउवालाई टिकट नदिनुका कारण सुदूरपश्चिमका सबै नागरिकले थाहा पाउने गरी जानकारी गराउन पनि सभापति थापालाई प्रश्न गरेका थिए । उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएकोलगायतका विषय उठाउँदै सभापति थापालाई प्रश्न गरेका थिए ।

‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो सभापतिले भन्नुपर्छ,’ शाहले भने ।

गगन थापालाई सभापति बनाउन हिँडेका र अहिले पनि गगनको कार्य समितिभित्र पनि भाइरसहरू रहेकाले तिनले गगन थापालाई नै समाप्त पार्न सक्ने चेतावनी पनि दिएका छन् ।

तस्बिर : इन्द्राकुमारी केसी / रासस




भर्खरै