१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहममा खुसी ल्याउने माउरिन्होको बाचा



अ+ अ-

टोटेनहमका नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबमा खुसी ल्याउने बाचा गरेका छन् । ५६ बर्षका पोर्चुगिज माउरिन्हो बुधबार क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए । मंगलबार राति माउरिसियो पोचिटिनो क्लबबाट जोसे माउरिन्हो बर्खास्तमा भएका थिए । त्यसलगतै माउरिन्होलाई टोटेनहमको जिम्मेवारी सुम्पिएको थियो ।

प्रियिमर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक समेत रहेका माउरिन्होले टोटनहमको वर्तमान टिमको स्तरको प्रशंसा गरेका छन् । त्यस्तै उनले विश्वस्तरीय रंगशाला र ट्रेनिङ गरिने मैदानको समेत खुलेर प्रशंसा गरे । क्लबको टिभीलाई अन्तरवार्ता दिदै उनले भनेका छन्, ‘क्लबलाई माया गर्नेका लागि हरेक किसिमको खुसीयाली ल्याउन कोशिश गर्नेछु ।’

सन् २०२२–२३ को सिजन सम्मका लागि माउरिन्होले क्लबसंग सम्झौता गरेका छन् । उनले आधारभुत तलबको रुपमा ८ मिलियन डलर क्लबबाट पाउनेछन् । टोटेनहम पछिल्ला पाँच खेलमा जित निकाल्न असफल छ । क्लब प्रिमियर लिग तालिकाको १४ औ स्थानमा छ । जम्मा १२ खेल सकिँदा क्लब शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ ।