१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३६ रेफ्री र निर्णायक प्रतिबन्धित



अ+ अ-

ब्राजिलको रियो ओलम्पिकमा रहेका बक्सिङका ३६ रेफ्री र निर्णायकहरुलाई जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०१६ को ओलम्पिकमा रहेका ३६ जनालाई २०२० मा हुने टोकियो ओलम्पिकमा सहभागिता नगराउने जनाएको छ ।

उनीहरुलाई रियो ओलम्पिकमा शंकास्पद निर्णय गरेको कारण टोकियो ओलम्पिकमा प्रतिबन्ध लगाईएको हो ।

टोकियो ओलम्पिकमा अन्तराष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।