१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका लागि निर्माणाधीन पोखरा रंगशालाको मैदानमा दुबो राख्ने काम सुरु



अ+ अ-

पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन पोखरा रंगशालाको मैदानमा दुबो (घास) राख्ने काम सुरु भएको छ । सागका लागि द्रुतगतिमा निर्माण भईरहेको पोखरा रंगशालाको मैदानमा बिहिबार बिहानबाट दुबो राख्ने काम सुरु भएको हो । यस अघि राखिएको दुबो मरेपछि पुनः भारतको कोलकत्ताबाट दुबो ल्याएर राख्न थालिएको हो ।

रंगशालामा आवश्यक दुबो बुधबार साँझ मात्रै पोखरा आईपुगेको थियो । साग अन्तर्गतको महिला फुटबल पोखरा रंगशालामा हुनेछ । साग सुरु हुन अब ९ दिन मात्र बाँकि रहदा रंगशालाको निर्माण तीब्रताका साथ भईरहेको छ ।

रंगशालामा बुधबारबाट प्यारापिट जडानको काम समेत सुरु भएको थियो । रंगशाला बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ५ दिनभित्र प्यारापिट जडान भईसक्ने जनाएको छ ।