११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

दरखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

दरखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो
अ अ+ अ-

म्याग्दी। धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ ।

दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको रु एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको हो ।

बैंकको ७० प्रतिशत अर्थात् रु ९१ करोड र आन्तरिक स्वपुँजी रु ३९ करोड रहने गरी वित्तीय स्रोत व्यवस्थापन सम्झौता भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा प्रस्तावित बाँधका साथै सोलवाङस्थित म्याग्दी र दरखोलाको दोभानमा निर्माण हुने विद्युत् गृहसम्म पहुँचमार्ग पुर्‍याइएको छ । कुनौटाबाट विद्युत् गृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण र विस्तारको काम भइरहेको छ ।

विद्युत् गृहसम्म पानी लैजान चार किमी ५०० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कुनौटामा ३० मिटर लामो बालुवा थिग्राउने पोखरी डिसेण्डर निर्माण हुनेछ ।

पाँच सय ४८ मिटर उचाइबाट विद्युत् गृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् सात किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराउने योजना रहेको हाइड्रोपावरका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकिएको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले जानकारी दिनुभयो । ‘रन अफ द रिभर’ (नदी प्रवाहमा आधारित) प्रकृतिको यस आयोजनाले सिभिल, हाइड्रोमेकानिलक र इलेक्ट्रोमेकानिल ठेकेदार छनोटको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० मा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट रु आठ दशमलव ४० र बर्खामा प्रतियुनिट रु चार दशमलव ८० पैसाका दरले विद्युत् खरिद बिक्री हुनेछ । विसं २०८४ चैत महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।  रासस