११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
तस्बिरः संयुक्त राष्ट्रसङ्घ
अ अ+ अ-

काठमाडौँ। विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको स्मृति दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार  हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरिएको थियो ।

महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी  पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरेको छ । साथै महासभाले सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तरराष्ट्रिय शान्ति तथा सुरक्षालाई मजबुत बनाउन एकताबद्ध प्रयास गर्न आग्रह गरेको छ ।

सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सम्बन्धित निकायलाई मे ८–९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्मानमा उपयुक्त रूपमा मनाउन आग्रह गरेको थियो । दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको  अवसरमा सन् २०१० मे दोस्रो सातामा महासभाले विशेष शोकसभा पनि आयोजना गरिएको थियो ।

उक्त अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई “स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष भएको बताउँदै त्यो युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको मृत्यु भएको थियो । तीमध्ये झन्डै आधा सोभियत सङ्घका सैनिक थिए ।

दोस्रो विश्वयुद्धबाट विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्र तथा विश्वका अन्य भागका  मानवजातिलाई अपूरणीय पीडा दिएको जनाउँदै महासभाले युद्धपछि मेलमिलाप, अन्तरराष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको प्रवद्र्धनमा भएको प्रगतिलाई  उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्ष पूरा भएको अवसरमा गत वर्ष मे ७ मा महासभाले विशेष शोकसभा आयोजना गरेको थियो । रासस