२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई पछि पार्दै इमर्जिङ टिम्स कपको फाइनलमा बंगलादेश



अ+ अ-

ढाका। सौम्य सरकारले अलराउन्ड प्रर्दशन गरेपछि घरेलु टोली बंगलादेश एसीसी इमर्जिङ टिम्स कपको फाइनलमा प्रवेश गरेको छ । शेरे बंगला नेसनल स्टेडियम मिरपुर ढाकामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ ।

अफगानिस्तानले दिएको २ सय २९ रनको लक्ष्य बंगलादेशले ३९ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । ओपनर सौम्य सरकारले ६१ रनको योगदान दिए । त्यस्तै, कप्तान नज्मुल सान्तोले ५९ रन जोड्दा मोहम्मद नइम १७ रनमा आउट भए । अफिफ हुसेन ४५ तथा यासिर अली चौधरी ३८ रनमा अविजित रहे । अफगानिस्तानका अब्दुल नुरीले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

अफगानिस्तानका अब्दुल रसुलले १ सय १४ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । खराब सुरुवात गरेको अफगानिस्तानलाई सातौं विकेटका लागि अब्दुल र तारिक स्टानिकजईले ८६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए । तल्लोक्रमका सइद वहिदुल्ला सफाक ३४ र तारिक स्टानिकजईले ३३ रनको योगदान दिए ।

बंगलादेशका सौम्य सरकारले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसन ३ र तनवीर सिंहले २ विकेट लिए । समूह ‘बी’मा रहेको नेपाल भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । राजधानी दैनिकबाट