२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्त कमलरीको उचित व्यवस्थापन माग गर्दै सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढी बित्दासमेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चले यहाँ आज पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मञ्चका पूर्वकेन्द्रीय अध्यक्ष हिरामोति चौधरीले भन्नुभयो, “तत्कालीन सरकारले हामीलाई मुक्त गरेको घोषणा त गर्यो तर हाम्रो न्यूनतम आवश्यकता र न्यायका विषय आजसम्म पनि कागजमै सीमित बनाइयो, त्यसैले वर्तमान सरकारलाई ध्यानाकर्षण गर्न बाध्य भएका छौँ ।”

उहाँले नेपालमा १२ हजार ७६९ मुक्त कमलरी रहेको र त्यसमध्ये नौ हजार ४९० जनाको मात्रै सरकारी तथ्याङ्कमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्येमा सात हजार ४३५ जनाले मात्र परिचयपत्र पाएका छन् ।

विसं २०७० असार १३ गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानुन पनि आएको तर कानुन कागजमै सीमित रहेको भन्दै मञ्चकोतर्फबाट वर्तमान सरकारसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ ।  रासस